देशले हारेको युद्ध

    Author: Ram Gurung Genre: »
    Rating

    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज तिमी २०६९ फाल्गुण १८ गते तदनुसार १ मार्च २०१३ शुक्रबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्यहो हर्क बडायतको उपम्यास देशले हारेको युद्ध । मुल्य रु. २०० रहेको यो उपन्यासलाई ओरिएन्टल प्रकाशन गृहले २०१२मा बजारमा ल्याएको थियो । लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक(अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन् ।

    श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
    कृति : "देशले हारेको युद्ध"

    लेखक : हर्क खडायत
    विधा : उपन्यास
    रेडियो : उज्यालो ९० मेगाहर्ज
    बाचक :  अच्युत घिमिरे
    स्रोत :उज्यालो ९० मेगाहर्ज

    Leave a Reply

    .
    .
    .

Radio Audio Live