दरबार बाहिरकी महारानी

    Author: Ram Gurung Genre: »
    Rating


    उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज तिमी २०६९ चैत्र १३ गते तदनुसार २६ मार्च २०१३ मंगलबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्य हो नगेन्द्र न्यौपानेको उपन्यासूदरबार बाहिरकी महारानीू । राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको उपन्यास दरबार बाहिरकी महारानी उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो । सुसारेकी रूपमा दरबार छिरेकी गीता सँग युवराज महेन्द्रको शारीरिक सम्बन्धबाट जन्मेका छोरा रवीन्द्र न राजा भए, न उनकी आमा गीताले नै महारानी हुने मौका पाइन्। युवराज्ञी इन्द्रबाट जन्मेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रमध्ये अघिल्ला दुई राजा भए। धीरेन्द्र अधिराजकुमार बने। जेठै भए पनि रवीन्द्रले दरबारमा अनौपचारिकरूपमा राजकुमार भनिए पनि सार्वजनिक रूपमा त्यो दर्जा पाएनन्। सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको त्यो अद्वितीय पीडा उपन्यासमा चित्रित छ। बाँकि उपन्यास सुनेपछी थाहा हुनेछ । अब सुनौं श्रुतिसंवेगबाट बाचन भएको दरवार बाहिरको महारानी ।

    Leave a Reply

    .
    .
    .

Radio Audio Live